बागलुङको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति
बाग्लुङ | पुस ७, २०७९
तस्बिर प्रकाश घर्तिको फेसबुकबाट
बागलुङः बागलुङको ताराखोला गाउँपालिका २ अर्गलस्थित किकल्ताको एक घरमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।
हिजो बेलुका बिरबहादर घर्तिको घरमा करिव ११ बजेको समयमा आगलागी भएको ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्तिले जानकारी दिए ।
हिजो बेलुका करिव १० देखि १२ बजेको बिचमा घटना भएको हो, वडाध्यक्ष घर्तिले भने, ‘आगलागी हुँदा दुईतलाको घर पुर्ण रुपमा क्षति भएको छ, अहिले दाजुभाईको घरमा ५ जनाको परिवारले आश्रय लिएका छन् ।’
आगलागी हुँदा ४५ हजार नगद, २ टोला सुन, १६मुरी मकै, टिभी,१ वटा भैसी र घरमा रहेका खाद्यान्न र लत्ताकपडासहित भाडाकुडामा क्षति भएको छ । आगलागीबाट करिव २५ लाखको क्षति भए पनि आगलागीबाट मानवीय क्षति भएको छैन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

